logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Thursday, October 22, 2020 )

युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार

डा. युवराज खतिवडा मन्त्री पदमा पुनः नियुक्त भएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए ।

बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।

 संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था रहेको छ । सो धाराको उपधारा १ मा धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भएपनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ । 

उपधारा २ मा नियुक्त भएको मन्त्रीले ६ महिनाभित्र संघीय संसदको सदस्यता पाएको हुनुपर्ने र उपधारा ३ मा संघीय संसदको सदस्य हुन नसकेमा मन्त्रीका लागि योग्य नहुने व्यवस्था गरिएको छ । 

Facebook Comments

Advertisement
Top