logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

‘मन्त्र’ को ट्रेलर सार्वजनिक

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार

काठमाडौं

अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन अभिनीत चलचित्र ‘मन्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्य कैद गरिएको छ । चलचित्रका मुख्य कलाकारसँगै अभिनेता सौगात, बुद्धि तामाङ, दिया पुनलाई देखाइएको ट्रेलरले गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएको छ ।

मनास्लु क्षेत्रमा पहिलोपटक छायांकन गरिएको चलचित्रका दृश्यले दर्शकको मन जित्ने निर्माण पक्षले जिकिर गरेको छ । खिलबहादुर गुरुङले निर्देशन गरेको यो चलचित्रले हिमाली विषय र प्रेम कथा बोल्छ । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको समेत मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सहनिर्मातामा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र शुभ श्रेष्ठ रहेका छन् ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ वर्ष २०७७ को छेको पारेर प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

Facebook Comments

Advertisement
Top