logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Tuesday, October 20, 2020 )

विद्युत व्यापारको पीडादायी कथा

प्रकाशित मिति : ८ असार २०७७, सोमबार

काठमाडौं । असार ५ गते नेविप्रा वितरण केन्द्रका केन्द्र प्रमुखहरु र विद्युत उत्पादकहरुबीच एक बैठकबसी खेर गइरहेको विजुलीको दीर्घकालिन समाधान खोज्ने निर्णय भएको छ । भोजपुरको एक हाइड्रोको ५ मेगावाट, संखुवासभाको ४ हाइड्रोका १२.५ र तेह्रथुमको १ हाइड्रोको ७.५ मेगावाट गरी यो क्षेत्रमा कुल २५ मेगावाट विद्युत उत्पादन भइरहेको छ । केही योजना निर्माणको अन्तिम चरणमा पुगेको हुनाले आगामी वर्षमा थप १९.५ मेगावाट विद्युत अरु थप हुनेछ ।
दुहवी–धरान–धनकुटा–हिले हुँदै भोजपुर–संखुवासभा र तेह्रथुम ३३ केभी प्रशारण लाइनमा समस्या भएकोले उत्पादित विद्युत खेर गएको हो । २५ मेगावाट मध्ये पिक आवरमा १७ मेगावाट र अप आवरमा २२ मेगावाट उत्पादन र खपतको अन्तर रहेको छ । यदि खेर गएको विजुलीलाई दीर्धकालिन रुपमा खपत हुनका लागि पहल गरिने सहमति गरियो । हाल पिक आवरमा ८ मेगावाट र अफ आवरमा ८ मेगावाट मात्र खपत भइरहेको छ ।


धनकुटा वितरण केन्द्र प्रमख दीपक सापकोटा, भोजपुर वितरण केन्द्र प्रमुख रविन बाबु घिमिरे, खाँदवारी रामआशिष शाह, तेह्रथुमका प्रेम बहादुर भण्डारी तथा इष्टर्न हाइड्रो पावर प्रा.लिका दिपेन राई, अरुण भ्यालीका अनन्त खतिवडा, तेह्रथुम हाइड्रोका अर्जुन खतिवडा, अरुण भ्यालीका कृष्णप्रसाद अधिकारी, बरुण हाइड्रोका भरत गुरागाइँबीच दीर्घकालिन समाधान खोज्ने सहमति माइन्युटमा हस्ताक्षर गरेका छन । यसलाई अहिलेलाई यति मात्र भनौ प्रशारण लाइनमा नेविप्राको कमजोर व्यवस्थापनका कारण यो पीडादायी कथा बनेको छ ।

Facebook Comments

Advertisement
Top