logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Saturday, October 24, 2020 )

लप्सीफेदीका चिनियाँ ठेकेदार अर्विटेशनमा जाने

ठेक्का दिने र तोड्ने काम माथिबाट, दोष जति तलकालाई

प्रकाशित मिति : २१ असार २०७७, आईतवार

काठमाडौं । प्रशारण लाइन र सवस्टेशनहरु निर्माणका आन्तरिक कथालाई खोतल्दै जाने क्रममा थप पीडादायक घटनाहरु उजागर हुँदैछन । लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माणको क्रममा देखिएका कमजोरीहरु केलाउँदै गर्दा सरकारी उदासिनता, विद्युत प्राधिकरणको बाध्यता र स्थानीयवासीको हरकतसँगै ऋण सहयता /अनुदान दिने विश्व बैंक जस्ता संस्थाको दवदवा सबै पक्षको कमजोरीले भूमिका खेलेको प्रष्ट छ । हतारमा ऋण अनुदान स्वीकार गर्नु र आन्तरिक स्वार्थले सम्पूर्ण प्रकृया नटुङ्ग्याइ टेण्डर गर्नु र टेण्डर गर्नु पूर्व नै ठेकेदार सेटिङ हुनु समयमा काम सम्पन्न नहुने र गरेको कामसमेतको गुणस्तर दुरुस्त नहुनु नेविप्राको ठूलो कमजोरी रहेको कुरा नेविप्रासँग लामो समय काम गरेका ठेकेदारको अनुभव छ ।
लप्सीफेदी सवस्टेशन निर्माण नहुनुमा पनि नेविप्राको कमजोरी बताउँदै ठेकेदारको अनुभव यस्तो छ । सुरुमा सवस्टेशन निर्माण गर्न जादा गाउँलेहरुले अवरोध गरे । पछि ग्यास इन्सुलेटेड सवस्टेशन निर्माण GIS गर्ने, सानो एरिया लिन्छ र घर निर्माण हुन्छ यो पद्दतिमा भन्ने कुरा संझाउँदा बुझाउँदा कुरा मिलेको पनि हो । पछि निर्माण गर्न जाँदा पुन अवरोध भयो, मान्छेहरु बाटामै सुतेर विरोध गर्न थालेपछि काम हुन सकेन पटक पटक छलफल गर्दै जाँदा सवस्टेशनको निर्माणमा अवरोध नगरेको तर न्यू खिम्ती ४०० केभी प्रशारण लाइन निर्माणको मुआब्जा नपाएर त्यसको लागि यसलाई पनि रोकेको कुरा स्यंम गाउलेहरुले नै बताएका हुन । आखिर प्रशारण लाइन वा सवस्टेशन निर्माण जे भएपनि प्राधिकरणकै काम भएकाले माग पुरा गराउन त्यसो गरिएको हो । समस्या समाधान नगरि टेण्डर गर्नु नै चारै तिरको मिलेमतो भन्न सकिन्छ उनको भनाइ छ ।
लप्सीफेदीको सव स्टेशनको ठेक्का तोडेर फरफरमेन्स फण्ड बापतको बैंक ग्यारेन्टीमार्फत १० प्रतिशत रकम नेविप्राले लिएको सिनो स्टील कन्सट्रक्सन कम्पनीको कुरा भने बेग्लै छ । सिनोले कन्ट्याक्ट बमोजिम १५ प्रतिशत एड्भान्स मागेकोमा १० प्रतिशत एड्भान्स दिइएको थियो । सोही रकम नेविप्राले लिएको हो । तर सिनो भने थप ५ प्रतिशतसमेत एड्भान्स रकम मागिरहेको छ भने अर्विस्टेशनमा जानका लागि विद्युत प्राधिकरणमा सिनोको तर्फबाट चाइनिज वकिल थप कागजात तयारीका लागि धाउने गरेको छ । यसले पनि के पुष्टि गर्छ भने कमजोर धरातलमा टेकेर गरिएको ठेक्का खारेज गर्दा पनि उत्तिकै कमजोर धरातलमा बसेर गरिएको हुन्छ । नेविप्रले सिनोलाई काम गर्ने समय चार महिना थप गरिदिएको देखिएको छ । तर फिल्डमा काम गर्ने सुरक्षित वातावरण बनाउने काममा चुकेको छ । अझसम्म पनि त्यहाँ कसैले सवस्टेशन वा प्रशारण लाइन निर्माणले काम गर्ने वातावरण तयार भएको छैन । एक अर्ब ७० करोडको १० प्रतिशत जफत गर्दा हुन आउने १७ करोड र काम गर्न नपाएको आधार बनाएर अर्विटेशनमा जाने तयारी चाइनिजहरुले गरिरहेको कुरा नेविप्रा सूचना स्रोतको भनाइ छ ।
त्यस्तै मातातिर्थलाई र मार्किचोकमा सवस्टेशन बनाउने चिनियाँ कम्पनी सेन्जेन फराडसँग ठेक्का तोडेर रिटेण्डर भएको छ । यसमा ठेकेदार कम्पनी सेन्जेन भागेको भनिएको छ । उसले आवश्यक सामानहरु ल्याइ सकेको छ । नेविप्राले चिठ्ठी लेखि काम गर भन्दा जवाफै नदिइ भागेको कुरा छ । सोही कामलाई टेण्डरको भाषामा इरेक्सन शीर्षकमा काम गराउन रिटेण्डर गरिएको हो । जसको म्याद अगष्ट ५ सम्म छ । यो टेण्डरमा पनि गम्भीर सवाल खडा भएकोले  ठेकेदारहरुबीच कसले गर्ने नगर्ने छलफल भएको छ । अर्को कम्पनीले ल्याएको सामान र त्यही सामानहरु प्रयोग गरेर काम गर्नु पर्ने हुँदा ठेक्कामै भाग लिने नलिनेमा ठेकेदारहरुबीच छलफल हुने गरेको छ ।
एउटै कारण भगौडा कम्पनीले ल्याएको विद्युतीय सामान प्रति विश्वास गर्न सक्ने आधार नहुनु । भोलिका दिनमा काम गर्न त सकिएला तर ती सामानहरुबाट उत्पन्न हुने रिक्सबाट बदनाम र विवाद हुन सक्ने भय ठेकेदारहरुसँग देखियो । तरपनि नेविप्रासँग वर्षैा देखि काम गरि आएका ठेकेदारहरुको कमि छैन । र यी मध्ये कुनै एकसँग अनुरोधको आधारमा भएपनि काम अगाडि बढ्न भने सकिहाल्छ ।
यस विषयमा आयोजनाका प्रमुख तारा प्रधान ठेकेदार भागेपछि रिटेण्डर गरिएको छ । छोडेर गइसकेपछि काम रोक्न मिल्दैन । यो ठेकेदारले प्रोजेक्टको लागि ३० प्रतिशतसम्म सामान ल्याएको छ । यो सामान हाम्रो कम्पाउण्डमा छ । कोभिड १९ले थप असर गरेन भने अगष्ट ५ मा सव मिसन गर्ने गरी रि–टेण्डर गरिएको छ । नयाँ ठेकेदारले यी सामानसमेत प्रयोग गर्ने गरी काम गर्नु पर्ने हुन्छ । र थप सामान ल्याउनु पर्छ । भएका सामान टुटफुट भए मर्मत गरिन्छ । उहाँसँग थप कुरा गर्न खोज्दा बाँकी कुरा एनइएको वेभ साइडको टेण्डरमा गएर सबै कुरा हेर्न सकिने बताउदै कुरा टुङ्ग्याउन हतार गर्नु भयो । कुरा के छ भन्दाखेरी यी टेण्डर स्वीकृत र रद्द गर्ने भनेको मातातिर्थस्थीत आयोजना व्यवस्थापन निर्देशनालय र कार्यकारी निर्देशकबीचको छलफल बाट तय हुने विषय हो । यहाँ नेर ठेकेदार मित्र भन्दै थिए कि कुन ठेकेदारलाई कुन काम दिने पहिला नै तय भइसकेको हुन्छ । जव काम अरु बिग्रन्छन् । तव तलतल पन्छाउदै आफ्नो टाउको जोगाउने गरिन्छ । एनइमा यो टेण्ड नै हो ।

Facebook Comments

Advertisement
Top