logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Thursday, October 22, 2020 )

नेपाल–भारत विद्युत व्यापार प्रशारण लाइन सात वर्षमा पनि बनेन

लोड सेडिङ मुक्त गर्ने प्रशारण लाइन

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार

श्याम सुवेदी

काठमाडौं । हेटौडा– ढल्केबर– इनरुवा २८८ किलोमिटर ४०० केभी प्रशारण लाइन र ढल्केबरको २००० MVA सवस्टेशन विद्युत संचालनका लागि अत्यन्त महत्वपूर्ण छ । खिम्तीबाट झर्ने प्रशारण लाइन पनि ढल्केमा जोडिन्छ । यो प्रशारण लाइन र सवस्टेशनले भारतसंग सिधा विद्युत व्यापार गर्ने उद्देश्यका राखेको छ । ढल्केबर र भारतको मुजफपुरबाट २५ वर्षका लागि विद्युत व्यापार संझौता गरी १५० मेगावाट विद्युत अहिले नेपाल आइरहेको छ । भविष्यमा यहि रुटबाट १ हजार मेगावाट विद्युत भारत निर्यात गर्ने योजना नेपाल सरकारको रहेको छ ।
अहिले हेटौडा– ढल्केबर– इनरुवा १३२ केभी प्रशारण लाइन चालु छ । यसले अरु थप विद्युतलाई धान्दैन । नयाँ ४०० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण कार्य भइरहेको छ । यो लाइनले खिम्ती सवस्टेशनबाट ढल्के सवस्टेशनसम्मकाे सम्पूर्ण संरचना तयार भएकाे खण्डमा ८०० मेगावाटसम्म विजुली प्रशारण गर्दछ । यो अपर तामाकोसीको विद्युत ढल्केबरसम्म पुर्याउने निर्बिकल्प प्रशारण लाइन पनि हो । यो लाइन नबन्दासम्म तामाकोसीको विद्युत उत्पादन गर्न प्राधिकरणले नै अनेकौं बहाना गर्दै पछाडि धकेलिरहेको छ । यो विषयमा एमडीसँगको बैठकमा पटक पटक कुरा उठ्ने गरेको दशौं तहका एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी गराउनु भयो ।
तामाकोसीसमेत बिभिन्न आयोजनाहरुबाट उत्पादित विद्युत खिम्ती सवस्टेशनमा जाेडिने र त्यहाँबाट न्यू खिम्ती –बाह्रबिसे –लप्सीफेदी –चाँगु –दुवाकोट प्रशारण लाइनबाट काठमाडाै उपत्यकासम्म ल्याउनु पर्ने हुन्छ । अहिलेको लामो साँघु खिम्ती भक्तपुर १३२ केभीको प्रशारण लाइनले ठेलमठेलमा पनि २०० मेगावाट भन्दा बढी विद्युत धान्न सक्दैन न्यू खिम्ती प्रशारण लाइनमा भने अझैं गर्भमै छ ।
हेटौडा– ढल्केबर– इनरुवा ४०० केभी प्रशारण लाइन निर्माणमा विश्व बैंकको ९९ मिलियन अमेरिकी डलर २१ जुन २०११ मा संझौता भइ २९ सेप्टेम्बर २०११ मा लागू गरिएको योजना हो । थप ३० मिलियन अमेरिकी डलर २४ जुन २०१३ मा संझौता भइ ३१ डिसेम्बर २०१३ मा लागु भएको थियो । यहि मितिबाट सुरु भएको ७ वर्षमा पनि यो योजना सम्पन्न हुने /गर्ने छाँटकाटको कुनै आकृति बन्न सकेको छैन ।
आयोजना प्रमुख श्याम कुमार यादव यो योजना निर्माण फेजमै रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ –‘२८८ किलोमिटर लामो यो प्रशारण लाइन निर्माणमा ७९२ टावर मध्ये ६०९ वटा निर्माणको क्रममा रहेका छन् । बाँकी १८३ टावरमा विवाद कायम रहेका कारण काम अगाडि बढ्न सकेको छैन । वन क्षेत्रमा रुख कटानको काममा नेपाल सरकारबाट भर्खरै स्वीकृति आएको छ । बारा, रौतहट, सर्लाही, सिरहा र सुनसरीको स्वीकृति आउन बाँकी नै रहेको छ । सप्तरीमा भने रुख कटानको काम सकिएको छ । निर्माण क्षेत्रमा पर्ने ऐलानी जग्गामा मुआब्जाको निर्णय क्याविनेटले भर्खरै गरेको छ । बिभिन्न मन्त्रालयसँग सम्बन्धित प्रकृया पुरा गर्ने र अन्य समस्या समाधान गर्ने विषयले निर्माणमा ढिला हुन गएको कुरा बताउनु हुन्छ । सिराहाको पडरिया क्षेत्रको प्रतिनिधित्व गर्ने माननीय सरिता गिरीले वातावरण विगारेको र मुआब्जा नपाएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएपछि सो क्षेत्रको काम अगाडि बढ्न सकेको छैन ।’
खिम्ती –ढल्के १, हेटौडा– ढल्केबर– इनरुवा २ र ढल्के मुजफपुर ३ यी प्रशारण लाइनको एक अर्कामा महत्वपूर्ण अट्याचमेन्ट छ । भारतको मुजफपुरबाट आयात गरिने विद्युत ढल्के सवस्टेशनमा जोडिएर पूर्व पश्चिम र खिम्ती हुँदै काठमाडौंसम्म ल्याउने एउटा बाटो हो । खिम्ती ढल्के हुँदै बढी भएको विद्युत मुजफपुर पुर्याएर भारत निर्यात गर्ने अर्को बाटो छ । भविश्यमा खिम्ती–बाह्रबिसे लप्सीफेदी–रातमाटा– हेटौडा पुर्याएर ढल्के सवस्टेशनमार्फत बढी भएको विद्युत भारत निर्यात गर्ने सुन्दर योजना रहेको छ । योजनाको हकमा कहि कतै सुनखोट नलाए हुन्छ । तर, निर्माणको गतिलाई हेर्दा भने नीतिगत र राजनैतिक निकम्मापन देखिएको छ । यसका साथै कर्मचारीको झन्झटिलो ढिला सुस्ती नभनेर के भन्ने ? यस्तो दृष्यको अवलोकन पछि त कसैको ज्ञान पलाए हुने हो ।
ढल्के–मुजफपुर  प्रशारण लाइन नेपाल भारत विद्युत व्यापारको संयुक्त योजना हो । यसमा दुईवटा संयुक्त कम्पनी खडा भए । ढल्के भिट्टामोड खण्डमा  पावर टेड्रिङ कर्पोरेसन्स PTCN बन्यो, यो कम्पनीको मुख्य लगानीकर्ता प्राधिकरण हो । अन्य लगानीकर्तामा HIDCL, संचयकोष र भारतको २६ प्रतिशत रहेको छ । PTCN बोर्ड सदस्य भारत पनि हो । सेन्टर पावर टेडिङ कम्पनी CPTC भारतमा दर्ता भयो । त्यसमा प्राधिकरणको १० प्रतिशत लगानी छ र यसको  बोर्ड सदस्य पनि हो ।
ढल्के मुजफपुर प्रशारण लाइनको नेपाल खण्ड जलेश्वर भिट्टामोडसम्मको ३९ किमि  PTCN ले सम्पन्न गर्यो । यो खण्ड कुन एमडीले कति रिक्स लिएर सम्पन्न गर्यो र २०७३ सालको लोड सेडिङ मुक्तमा यो प्रशारण लाइनको सम्पन्नताको महत्व र भूमिकाको तीतो यर्थाथ हो भन्ने कुरा एउटा विषय बन्ने छ । भिट्टामोड देखि मुजफपुरसम्मको १९ किमि प्रशारण लाइन CPTC ले निर्माण गरेको हो ।  हेटौडा इनरुवा प्रोजेक्टको निर्माण ठेकेदार  कम्पनी एन्जलिक इन्टरनेशनल भारत हो । याे खण्ड विद्युत प्राधिकरणले निर्माण थालेकाे हाे । हेटौडा इनरुवा खण्डकाे प्रशारण लाइनमा प्राविधिक भाषामा हार्डवेयर दुईलाइन डिजाइन भएकाेमा अब ४ लाइन डिजाइन बनाउने भनिएपछि ठेकेदार कम्पनीसँग विवाद शुरुवात भएको छ । जय होस् नेपालको विकास निर्माणको दृष्टिकोण र गतिलाई । यसको जिम्मेवार पदाधिकारीलाई थप केही भन्न नपर्ला ।

Facebook Comments

Advertisement
Top