logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Tuesday, October 20, 2020 )

विद्युत विकास विभागको १ करोड ६६ लाख फर्स्याैट

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विद्युत विकास विभागको प्रभाव मूल्याङ्कन शीर्षकमा १ करोड ६६ लाख फजुल खर्च भएकाे देखाएकाे छ । तर याे रकम भने समयमा नै भुक्तानी गरेकाे कार्यालयकाे भनाइ रहेकाे छ ।
उसले प्रभाव मूल्याङ्कन ‘विश्व बैंकको अनुदान सहयोगमा संचालित कावेली ए जलविद्युत आयोजना वेसिनको समष्टीगत प्रभाव मूल्याङ्कन गर्न एक परामर्शदातासँग २०७५।०५। १८ मा ३ वर्षको लागि अमेरिकी डलर ११ लाख ७८ हजार १४० र नेरु ३ करोड ३९ लाख ८८ हजारको संझौता भएकोमा प्रारम्भिक प्रतिवेदन तयारी वापत अमेरिकी डलर १ लाख १७ हजार ८१४ र ने रु ३३ लाख ९९ हजार भुक्तानी भएको छ ।
विश्व बैंकसँगको संझौता २०७६।९।१४ मा सामाप्त भएकोमा म्याद थप भएको छैन । प्रभाव मूल्याङ्कन कार्य समाप्त नहुँदै अनुदान सहायता संझौताको म्याद समाप्त भएको कारण हालसम्मको खर्च उपलब्धिविहीन भएको छ । समयमा कार्य सम्पन्न गर्ने व्यवस्था मिलाउनु पर्दछ ।’ उल्लेख गरेकाे छ ।
विश्व बैक अनुदान सहायता IDA Gtant No : H900-NP कावेली ए जविआको तमोर वेशिनको समष्टीगत प्रभाव मूल्याङ्कन कार्यको लागि युएस ११,७८,१४० र नेरु ३ करोड ३९लाख ८८ हजार खर्च हुने गरी परामर्शदातासँग ४ वर्ष अवधीका लागि विश्व बैंकको Concurrence मा २०१८ सेप्टेम्बरमा संझौता भएको थियो । आब २०७५।०७६ मा सो कार्यका लागि प्रारम्भिक वापत युएस डलर १,१७,८१४ र नेरु ३३,९९,००० भुक्तानी भएको थियो ।
उक्त परामर्शदाताको संझाैता अवधी बाँकी रहेको अवस्थामा विश्व बैंकको अनुदान सहायता  IDA Gtant No : H900-NP को म्याद ३१ डिसेम्बर २०१९ सम्म रहेकोमा म्याद थप नभइ अनुदान बन्द गर्यो । चालु आब २०७६।०७७ मा उक्त परामर्शदाताबाट तमोर वेशिनको समष्टीगत प्रभाव मूल्याङकन कार्य अन्तर्गतका Progress Report, Frist Draft Report, All Draft Report / final Report x? CIA study, CIA Guideline, Involuntry Resettlement and  Sharing Guideline Grant Closed Date भित्र नै सम्पन्न भइ Grant Finincial Closing Date 30 jun 2020 भित्र भुक्तानी भएको छ । तसर्थ कावेली ए तमोर बेसिनको मनिटरिङ कार्य Commulative Impact Assessment (CIA Study) को कार्य आब २०७६।०७७ अनुदान समयको अवधीमा नै सम्पन्न भइ सकेकाे छ । यसरी निस्किएकाे वेरुजु फर्स्याैट भइसकेकाे हाे ।
बेरुजु सम्बन्धमा महालेखा विवरण बुझाउने बेलामा प्रभाव मूल्याङनको प्रतिवेदन आइनसकेको हुँदा बेरुजु देखिन आएको हो भनि विभागका महानिर्देशक नविनराज सिंहले बताउनु भयो । काम गर्दै जाँदा यस्तो अवस्था आउछ तर प्रतिवेदनमा औंल्याइसकेका कमजोरीलाई सच्याएर अगाडि बढ्नु पर्ने उहाँको धारणा छ ।

Facebook Comments

Advertisement
Top