logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Saturday, October 24, 2020 )

प्राधिकरणमा पाँच अर्बको पोल खरिद गरेपछि गाड्ने ठाउँ खोज्दै

मिलेमतोमा ठेक्का दिने चक्करले अरबौ स्वाहा

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार

काठमाडौं । विद्युत प्राधिकरणको टेन्डर प्रक्रियामा जानु पूर्व विशेष तयारी हुन्छ । पहिला बजेटको स्रोत तय गरिन्छ । आन्तरिक श्रोत, एशियाली विकास बैंक र विश्व बैंकको ऋणको अनुदान स्रोतको निश्चित गरिन्छ । टेण्डर आर्थिक लाभका लागि आवश्यकताका आधारमा छुट्याइन्छ । थोरै मात्र आवश्यक भए पनि त्यसमा आर्थिक आर्जनको नियत राखेर तयार गरिन्छ । पोल, ट्रान्सफर्मर, मिटर, तार वा अन्य विद्युतीय सामग्री खरिद गर्ने विषय थुप्रै निस्किन्छ । टेण्डर गर्नु पूर्व विशिष्टीकरण र टर्न ओभरको लेखाजोखा हुन्छ ।
कन्ट्याक्टर छान्ने काम सुरु हुन्छ । नेगोशियसन चल्दै जाँदा जुन कन्ट्याक्टरसँग सौदा तय हुन जान्छ त्यसैलाई मात्र पर्न सक्ने परिधी बनाएर टेण्डर नोटिस जारी गरिन्छ । एउटा वा दुई तीन ठेकेदार एक आपसमा मिलिरहेकै टिमले टेण्डर भर्छ, प्रकृया पुरा गर्न रि टेण्डरको प्रयत्नसमेत गरिन्छ । तेस्राे पटक पनि सिंगल विडिङ भए दिन पाइने अवसर जुटाइन्छ ।
अनि त्यसैलाई पूर्ण  लागतमा काम दिइन्छ । नयाँ कोहीले टेण्डर भरेछ भने त्यसको समय र पैसा त खर्च हुन्छ नै सबै गेम थाहा पाएपछि त्यो पक्कै प्रेशरको रोगी हुन्छ । रैथाने भन्छन–त्यस्तै केही ठेकेदारछन्  जस्तो भगवती स्टील, मैनावती स्टील, वाइवा इन्फ्राटेक, त्रिपुरेश्वर सुप्रिम, भन्टिण्डा सिरामिक्स । पहिला पहिला टेण्डर पार्नेमा हुलास स्टील, जगदम्बा जस्ता कम्पनी अहिले पछि परिसके । यो प्राधिकरण भित्र चर्चा चल्ने विषय हो ।
यो यस अर्थमा पनि चर्चा चलेको छ कि यही ताल हो भने प्राधिकरण सिद्धिन कति नै समय लाग्छ र ? चिन्ता कै चर्चा हो । खास गरी व्यवस्थापनले नियमावली, विनियमावलीलाई धोती लगाइ दिएर मिलिभगतमा भागशान्ति गराउदा संस्था धरापमा पर्ने स्थिति प्रतिको चिन्ता हो । प्राधिकरण १२ हजार कर्मचारीमा मिलिखाने २ हजार होलान, १० हजारको भावना अल्पमतमा । एमडी वा एक दुई वर्षमा रिटायर्ड हुने डिएमडीको स्वार्थ र इशारामा यस्तो हुनु वास्तवमै अपराध हो । नबौं तहका कर्मचारीको प्रतिकृया छ ।
त्यस्तै प्राधिकरणले खरिद विनियमावली विपरित स्टक हुँदाहुँदै टेण्डर गरी ठूलो संख्यामा पोल जगेडामा राखेको छ । स्टीलका पोल खिया लाग्ने र सिमेन्टका टुटफुट हुने पनि समस्या छ । त्यसैगरी हुलास र जगदम्बालाई रिङ्ग आउट गर्ने गरी भगवती र मैनावती स्टीलमात्र क्वालिफाइड हुनेगरी १/१ लाख पोल २ अर्ब २३ करोड र २ अर्ब ६० करोड बराबरको ठेक्का दिएको छ । ७ वर्ष भित्र पोल सप्लाई गर्ने गरी तारतम्य मिलाएर उक्त ठेक्का दिएको हो । एग्रीमेन्ट भएपछि पेश्की रकम लिने १/२ लट सप्लाइ दिएपछि पूर्ण पेमेन्टको व्यवस्थासहित विशाल ग्रुपको मैनावती र शशी अग्रवालको भगवती स्टीललाई कामै नभएपनि लाखौ पोल किन्न लगाइयो । यो काम ग्राहक सेवा निर्देशनालय अन्तर्गत गरिन्छ । प्राधिकरणमा डिएमडीलाई ३० करोड बराबरको टेण्डर स्वीकृत गर्ने अधिकार रहन्छ भने एमडीलाई सो माथी जतिपनि । यो कामका हाल डिएमडी हरराज न्यौपाने र एमडी कुलमान घिसिङको कार्यक्षेत्रकाे जिम्मेवारी भित्र पर्दछ ।
अहिले खरबौं रकमका विद्युतीय सामग्री हेटौंडा, जनकपुर र नेपालगञ्जमा स्टक रहेको स्रोतको दाबी छ । प्रदेश नं. ५ प्रादेशिक कार्यालय बुटबल प्रमुख नवराज सुवेदी पोल स्टक रहेको बताउनु हुन्छ । कोभिडका कारण स्टक रहेको उहाँको भनाइ छ । वागमती प्रादेशिक डिभिजन कार्यालय हेटौंडा प्रमुख केदारराज सिलवाल १०/११ मिटर लामा पाेलहरु स्टक रहेको बताउनु हुन्छ । ८/९ मिटरका पोल सकिएको छ । काठका जिर्ण अवस्थामा रहेका पोलहरु विस्थापन गर्ने योजना अनुसार ठूलाे संख्यामा पोल खरिद गर्ने काम डिसिएस अन्तर्गत जिन्सी व्यवस्थापन महाशाखाबाट भइ हेटौंडा स्थित केन्द्रीय भण्डारणमा राखिने कुरा सुन्नमा आएको हो । तर त्यस बारेमा के कसो भएको हो डिसिएसबाट थाहा हुन्छ उहाँ भन्नुहुन्छ ।
प्राधिकरणको कंकिट पोल उत्पादन गर्ने दुईवटा कारखाना छन् । कोत्रेपाेल प्लान्ट पोखरा र कंकिट पोल प्लान्ट अमलेखगञ्जबाट पोल उत्पादन हुन्छ । कोत्रेपाेल प्लान्ट प्रमुख विपिन सापकोटा हामीकहाँ स्टक रहँदैन । ८/९ र ११ मिटरको पोल उत्पादन हुन्छ । माग भइरहेको छ । एउटा पोल तयार हुन २८ दिन लाग्छ । दिनमा ५६ वटा पोल तयार हुन्छ । यो क्षेत्रमा माग बढिरहेको उहाँको भनाइ छ ।
अमलेखगञ्ज प्रमुख परमार धिरसेन ११ मिटरको पोलको माग बढी हुने भएकोले स्टक नहुने बताउनु हुन्छ । ८/९ मिटरका पोलहरु स्टक हुन्छन् । अहिले क्यापासिटी अनुसार पूर्ण क्षमतामा उत्पादन भइरहको छ । कतिपय अवस्थामा उत्पादित पोल टेस्टिङ गर्न ड्यामेज बनाइन्छ, कतिपय आफै ड्यामेज हुन्छन । अमलेखगञ्ज प्लान्टमा २०५१/५२ सालदेखिका ड्यामेज पोलहरु पनि छन् । करिब ५ सय पोल ड्यामेज अवस्थामा छन् । ड्यामेज पोलहरु कहिले काहीँ वडा कार्यालयबाट बाँध वा कुनै प्रयोजनका लागि पत्र आउदा पठाउने गरेका छौ । खोलामा बाँध बनाउँदा वा कुनै बाढी पहिरो रोक्न बाल बनाउन ड्यामेज पोलहरु काम लाग्न सक्छन् । तर त्यसतर्फ पहल भएको छैन । ड्यामेज अवस्थामा चाङ पोलहरु देखिदा नराम्रो देखिने उहाँको भनाइ रहेको छ ।

Facebook Comments

Advertisement
Top