logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

इन्जिनियरिङले कल्पना र डिजाइनलाई मूर्तता दिन्छ

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार

इ .लिलामणि पाठक
सीईओ, साउथ एसिया इन्जिनियरिङ प्रा.लि.
नेपालको इन्जिनियर क्षेत्रमा रहेका समस्या, चुनौती र पेशागत धर्मका बारेमा साउथ एसिया इन्जिनियरिङ प्रा.लि.का सिइयो इ . लिलामणि पाठकसँग जलस्रोतले गरेको कुराकानी ।
प्र‍ .हाम्रो देशमा इन्जिनियर जनशक्तिको वर्तमान अवस्था कस्तो छ ?
उ. पहिला इन्जिनियरका बारेमा बुझेरमात्रै इन्जिनियर जनशक्तिको वर्तमान अवस्था केलाउनु उचित हुन्छ । इन्जिनियर भनेको वैज्ञानिक धारणाहरु र प्रकृतिलाई बुझेर त्यसलाई मानव उपयोगी सोच, डिजाइन र रुपलाई मूर्तरुप दिने क्षेत्र हो । इन्जिनियरिङमा सिभिल, मेकानिकल, आर्किटेक्चर, बायो इन्जिनियरिङ, इलेक्ट्रिकल आदि विभिन्न क्षेत्र पाइन्छन् । नेपालमा हालसम्म २० हजारभन्दा बढी रजिस्टर इन्जिनियर छन् भने बर्षेनि पनि विभिन्न क्षेत्रका इन्जिनियर आउने गर्छन् । यिनीहरुको मुख्य रोजगारीको क्षेत्र विकास–निर्माणका कामहरु, सरकारी कार्यालयहरु र वैज्ञानिक रोजगारहरु रहेको पाइन्छ ।
प्र . सिभिल इन्जिनियरहरुको महत्व र जिम्मेवारीको बारेमा बताइ दिनुहुन्छ कि ?
उ. सिभिल इन्जिनियरहरुको महत्वका बारेमा भन्नुपर्दा विकासको प्रथम चरणदेखि सुरु हुन्छ । हामीले अहिले विश्व सम्पदा सूचीमा रहेका पुराना संरचना निर्माणदेखि अहिलेको आधुनिक सिभिल इन्जिनियरले काम गरिरहेका छौ ।
प्र . दक्ष प्राविधिक (इन्जिनियर) र विकासको सम्बन्ध र आवश्यकताको बारेमा यहाँको धारणा के छ ?
उ. यसबारे मेरो धारणाभन्दा पनि यो यथार्थपरक कुरा हो । विकास निर्माणलाई मानव विकाससँग जोड्न मानव समाजका आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहिने निर्माणका कामहरु पहिचान गर्न, त्यसको व्यवस्थापन गर्नका लागि विशेषरुपले सक्षम जनशक्ति नै इन्जिनियरहरु भएकाले इन्जिनियरहरुको विकास निर्माणमा महत्वपूर्ण योगदान रहेको हुन्छ ।

प्र . जलविद्युतको क्षेत्रमा सिभिल इन्जिनियरहरुको भूमिकाका बारेमा यहाँको धारणा के छ ?
उ. जलविद्युत विकासको लागि आवश्यक पर्ने सिभिल संरचनाहरु जस्तै बाँध, पावर हाउस, टनेल जस्ता कामहरुको डिजाइन कन्ट्रक्सनको काम पूर्णरुपमा सिभिल इन्जिनियरहरुले सफल गर्नुपर्ने हुन्छ ।
प्र . तपाईंको सन्सल्टेन्सीको अनुभव कस्तो रहेको छ ?
उ. हामी २०६९ मा संगठित भएर ट्रेड टावर थापाथलीमा मुख्य कार्यालय राखी देशका विभिन्न क्षेत्रमा जलविद्युत क्षेत्रमा काम गरिरहेको संस्था हो । हालसम्म हाम्रो अगुवाइमा त्रिशुली गल्छी, माथिल्लो चमेलिया, २५ काबेली, इबाखेला, माथिल्लो इबाखोला,  तल्लो इवाखोला, साथै विभिन्न आयोजनाका डीपीआर, कन्स्ट्रक्सन डिजाइन, आईईई र ईआईए का काम सम्पन्न गरेका छौँ ।
प्र . ठूला निर्माण आयोजनामा विदेशी कन्सल्टेन्ट प्रयोग गर्ने वा उनीहरुबाट सेवा लिने प्रचलन अझै पनि छ । नेपालमा त्यो स्तरको जनशक्ति नभएर हो वा अन्य कारण छन् ?
उ. पहिले नेपालमा माथिल्लो स्तरका कन्सल्टेन्ट उपलब्ध नहुँदा विदेशी कन्सल्टेन्टहरु ल्याउनु पर्ने वाध्यता थियो । तर अहिलेको परिस्थितिमा धेरै प्रोजेक्टहरु नेपाली इन्जिनियरको प्रयोग गरेर सफल भएका उदाहरण छन् । तैपनि अझै विदेशी कन्सल्टेन्टको काम नभएको चाहिँ होइन । कतिले चाहिँ प्रलोभनमा, कतिपय विदेश भ्रमणको लोभमा, कतिपय दास मनोवृत्तिले विदेशीमात्रै राम्रो देख्ने र नेपालीलाई नपत्याउने बानी तथा कतिपय अवस्थामा विदेशी विज्ञ आवश्यक रहने स्थितिले ठूला आयोजनाहरु विदेशी परामर्शदाताकोमा गइरहने स्थिति छ ।
प्र . तपाईँ निजी क्षेत्रको हाइड्रो प्रोजेक्टमा कन्सल्टेन्ट हुनुहुन्छ । तपाईँको अनुभवमा मुख्य समस्याहरु केकस्ता रहेका छन् ?
उ. निजी क्षेत्रमा रहेका मुख्य समस्याका बारेमा भन्नुपर्दा हाइड्रो पावरमा व्यावसायिक रुपमा काम नगरेका इन्भेस्टर बजारमा आउनु, व्यवस्थापकीय नियम र इमान्दारिता प्रदर्शन नगर्र्नु, खोलाको बहावलाई आफ्नो इच्छा अनुसार बगाउने, पूर्व अनुमानहरु ग्रस्त हुनु, त्यसपछि ट्रान्समिसन लाइनको समस्याहरु नै मुख्य समस्याहरु हुन् । यसका लागि हाइड्रो पावरमा लगानी गर्नेहरु यो क्षेत्रका बारेमा गहन अध्ययन गरेरमात्र जोखिम उठाउन आउनु पर्ने हुन्छ । साथै, व्यवस्थापकीय अनुशासनहरुलाई पालना गर्नु पर्ने हुन्छ । नेपालमा जलस्रोत पोलेसी अवलम्बन गर्ने हो भने खोलाको बहाव हेरफेरले हुने समस्याहरु कम गर्न सकिन्छ । साथै, हाइड्रो पावरका नियमहरु एनईएले परिमार्जन गर्नुपर्ने हुन्छ । स्थानीयका समस्याका हकमा स्थानीय सरकारलाई सक्रिय गराउँदा यी समस्या समाधान हुन्छन् । ट्रान्समिसन लाइनका कामहरु एनईएले नियमितरुपमा प्रगतिको लेखाजोखा राखेर कन्ट्रयाक्टरहरुलाई मोबिलाइज गर्दा उत्तम हुन्छ ।
प्र . इन्जिनियरहरुको साझा संस्था छ । त्यसले खेलेको भूमिकाका बारेमा बताइदिनु हुन्छ कि ?
उ. इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियरिङ एसोसिएसन, इन्जिनियर्स एसोसिएसन । यो सन् १९६२ देखि कार्यान्वयनमा आएको संस्था हो । यसले इन्जिनियरहरुका हकहित, सुरक्षा र तालिकका लागि गच्छे अनुसार काम गर्दै आएको छ । साथै, देशलाई विपत परेको अवस्थामा स्वयंसेवीहरु उपलब्ध गराउने गरेको छ ।
प्र . इन्जिनियरहरुकै बीचमा एकता देखिँदैन, राजनीतिक प्रभाव छदैछ । त्यसबाहेक गुटबाजी पनि देखिन्छ । किन हो जस्तो लाग्छ ?
उ. संसार नै अनेकतामा एकता भएकाले गुबाजी देखिनु नौलो कुरो होइन । इन्जिनियरहरु एकलाई पर्दा अर्कोले सहयोग गर्ने बानी रहेसम्म यसलाई अप्ठ्यारो मान्नु पर्दैन ।
प्र . पहिल्लो समयमा सरकारी निकायमा कार्यरत इन्जिनियरहरु घुस प्रकरणमा बढी नै चर्चामा आएका छन् । त्यसमा तपाईंर्को धारणा कस्तो छ ?

उ. इन्जिनियरहरुको आफ्नो नैतिकता गुमाएर पेशागत मूल्यमान्यताको ख्याल नगरी घुस प्रकरणमा बढ्दो रुपमा देखिँदा नराम्रो त लाग्छ नै तर सम्पूर्ण सरकारी निकाय नै भ्रष्टाचारीले घेरिएकाले त्यसलाई निर्मुल पार्न समयमै लाग्नुपर्ने हुन्छ ।
प्र . राज्यले इन्जिनियरहरुलाई कस्तो दृष्टिकोणले हेरिरहेको प्रयोग गरिरहेको जस्तो लाग्छ यहाँलाई ?
उ. नेपाल इन्जिनियर काउन्सिल गठन गरी इन्जिनियरहरुलाई नियमन गर्ने कदमले इन्जिनियरहरु स्वयंको विशिष्ट शक्ति हुन् भनेर मापन गरेको त देखिनछ तर सरकारी पक्ष नै सुस्त गतिमा बढिरहेको समयको परिवर्तनलाई संस्थागत गर्न नसकेको देखिन्छ ।

प्र . इन्जिनियरहरु राष्ट्रनिर्माणको महत्वपूर्ण नागरिक हुन् भन्ने पहिचान नभइसकेको हो ? यदि यस्तो हो भने बुझाइमा कहाेिर फरक परेजस्तो लाग्छ ?
उ. विभिन्न क्षेत्रमा सेवा विशिष्ट इन्जिनियरहरु मात्र भएको देख्दा पहिचान नभएको चाहिँ होइन तर बढ्दो विकास निर्माणका काममा प्रशस्तमात्रामा इन्जिनियरहरुको प्रयोग नभएको देख्दा अनौठो लाग्छ ।
प्र . र, अन्त्यमा
उ. इन्जिनियर सेवासँगै राष्ट्र नीति निर्माताहरु अगाडि बढ्दा देशको विकास छिटो हुनेमा म ढुक्क छु र आप्mनो क्षेत्रबाट आफ्नो पहल सदा गर्नु हुन र सबैमा अनुरोध गर्दछु ।

Facebook Comments

Advertisement
Top