माथिल्लो तामाकोशी जलविद्युत आयोजना

  • परिचय

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको विगु गाउँ पालिका वडा नं. १ लामाबगरमा सदरमुकाम चरिकोटबाट उत्तरी दिशातर्फ तामाकोशी नदीको उपल्लो खण्डमा पर्दछ । सप्तकोशी नदीको सहायक नदीहरुमध्ये एक तामाकोशी नदीमा निर्माण भईरहेको यस आयोजनाको जडित क्षमता ४५६ मेगावाट र औसत वार्षिक ऊर्जा उत्पादन २ अर्ब २८ करोड युनिट हुनेछ । आयोजनाको ग्रस हेड ८२२ मिटर र डिजाइन डिस्चार्ज ६६ घनमिटर प्रति सेकेण्ड रहेको छ । यस आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट क्षमताको ४७ कि.मि. प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

यो आयोजना दैनिक पिकिङ प्रकारको आयोजना हो । यसले सबैभन्दा सुक्खा मौसममा पनि दैनिक ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्छ । यस आयोजनाको सबैभन्दा आकर्षक पक्ष भनेको लामाबगरमा हजारौं वर्ष अघि बनेको प्राकृतिक बाँधको कारणले छोटो सुरुङ निर्माणबाट पानी खसाल्ने उच्च Water Head र दैनिक पिकिङको लागि कम उचाइको बाँधबाट नै १२ लाख घ.मि. क्षमताको जलाशयको उपलब्धता हुनु हो ।

  • मुख्य कार्यहरुको अवस्था

यस आयोजनाको निर्माणकार्यलाई निम्न मुख्य चारवटा लटहरूमा विभाजन गरिएको छ भने निर्माण सुपरिवेक्षणको लागि परामर्शदाता नियुक्त गरिएको छ :

लट नं. १ : सिभिल कार्य

लट नं. २ : हाइड्रोमेकानिकल कार्य

लट नं. ३ : मेकानिकल तथा इलेक्ट्रीकल कार्य

लट नं. ४ : प्रसारण लाइन तथा सवस्टेशन कार्य

 लट नं.(सिभिल कार्य)

आयोजनाको हेडवर्क्सअन्तर्गत मुख्य बाँध, इन्टेक र डिस्याण्डरको सिभिल निर्माण कार्य सम्पन्न भई गत चैत्र महिनामा जलासयमा पानी भरी सिभिल संरचनाको परिक्षण गर्ने कार्य समेत सम्पन्न भएको छ ।  ८.० कि.मि. लामो मुख्य सुरुङ (Headrace Tunnel) को खन्ने कार्य २०७४ मंसिरमा सम्पन्न मुख्य सुरुङमा Concrete Lining गरिएका खण्डहरुमा गरिने Barrier Grouting को कार्य सम्पन्न भएको छ । यस्तै सुरुङको केहि खण्डमा Contact तथा Chemical Grouting कार्य भईरहेको छ । सर्ज प्रणाली अन्तर्गत कुल १,२६० लामो विभिन्न सुरुङहरुको खन्ने कार्य सम्पन्न भई हाल Concrete Lining कार्य अन्तिम चरणमा रहेको छ । ३७३ मि. र ३११ मि. अग्लो तल्लो र माथिल्लो पेनस्टक स्याफ्टहरुको खन्ने कार्य सम्पन्न भइसकेको छ भने भूमिगत विद्युतगृह र ट्रान्स्फर्मर गृह सबै सिभिल कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, Take-Off yard को सिभिल कार्य सम्पन्न भइसकेको छ भने Control Building Cavern मा फिनिसिङको कार्य भइरहेको छ । टेलरेस सुरुङमा Invert र Wall Concrete गर्ने कार्य २०७५ जेठ २५ मा सम्पन्न भएको छ ।

Contact / Chemical

लट नं. २ (हाइड्रोमेकानिकल कार्य)

हेडवर्क्स अन्तर्गत बाँध, इन्टेक, बालुवा थिग्-याउने पोखरी लगायतका संरचनाहरुमा जडान हुने गेट, स्टपलग र Trashrack हरु जडान गर्ने कार्य सम्पन्न भई Hydraulic System को जडान कार्य अन्तिम चरणमा पुगेको छ । दुई वटा भर्टिकल पेनस्टक स्याफ्टहरु मध्ये ३७३ मिटरको तल्लो पेनस्टक साफ्टमा ३३० मीटर तथा ३१० मिटरको माथिल्लो साफ्टमा २०० मिटर पाईप जडानको कार्य सम्पन्न भएको छ । आयोजना तथा लट नं. २ र लट नं. ३ ठेकेदारहरुबीच भएको त्रिपक्षीय सम्झौताअनुसार तल्लो पेनस्टक स्याफ्टका पाइपहरु जडान गर्ने कार्य लट नं. ३ ठेकेदार Andritz Hydro मार्फत भइरहेको छ भने माथिल्लो पेनस्टक साफ्टमा पाइप जडानको कार्य लट नं. २ का ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ बाटै भइरहेको छ  ।

 

लट नं. ३ (मेकानिकल तथा इलेक्ट्रिकल कार्य)

यस लटअन्तर्गत आयोजनाका मुख्य मेशिन र उपकरणहरु जस्तै टर्वाइन, जेनेरेटर, ट्रान्स्फर्मर, स्वीचगियर, भल्व, गभर्नर र सोसँग सम्बन्धित उपकरणहरुको डिजाइन, जडान, परीक्षण र कमिसनिङ गर्न अष्ट्रियन कम्पनी एन्द्रीज हाइड्रो जि.एम.बी.एच.सँग खरिद सम्झौता गरिएको छ । यस लटअन्तर्गत जडान गर्नुपर्ने सबै मेशिन उपकरणहरु आयोजनास्थलसम्म ढुवानी भई युनिट नं. १ देखि ६ सम्मको सबै उपकरणहरु जडान भइसकेको तथा सबै युनिटहरुको Dry Commissioning कार्य समेत सम्पन्न भइसकेको छ ।

 

लट नं. ४ (प्रसारण लाइन तथा सवस्टेशन कार्य)

यस लटअन्तर्गत विद्युतगृहस्थल गोंगरदेखि खिम्ती सवस्टेशनसम्म २२० के.भी. क्षमताको ४७ कि.मि. लामो प्रसारणलाइन र खिम्तीमा सवस्टेशन कार्यहरुको डिजाइन, निर्माण, परीक्षण र कमिसनिङ गर्न भारतीय कम्पनी के.इ.सी. इन्टरनेशनल लि. संग खरिद सम्झौता गरिएको छ । हालसम्म सबै १२७ वटा टावरहरुको जडान गर्ने कार्य सम्पन्न भई ४७ कि.मि. तार टाङ्ने कार्य सम्पन्न भएको छ । खिम्ती जलविद्युत केन्द्र नजिकै रामेछाप जिल्लाको देवीटारमा २२०/१३२ के.भी. क्षमताको सवस्टेशनको निर्माण कार्य धमाधम भइरहेको छ ।

 

Facebook Comments