logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

अपि पावरले हकप्रद निष्काशन गर्ने

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.४७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीका मेनेजिङ डाइरेक्टर संजीव न्यौपानेले जलस्रोतलाई बताउनु भएको छ । शेयर निष्काशन कात्तिक १४ गतेदेखि सुरु हुनेछ । न्यौपानेका अनुसार कम्पनीले एक सय रुपैयाँ दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो ।
यसका लागि कम्पनीले २०७६ चैत १ गते शेयर दाखिला खारेजी गरेको थियो । यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्ने बताइएको छ ।
कम्पनीको शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी अपि पावर कम्पनी, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । अहिले कम्पनीको लगानी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ । शेयर निष्काशनपछि त्यो रकम बढेर १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । यसले कम्पनीमा झण्डै ५६ करोड रुपैयाँ बराबरको योगदान थपिने न्यौपानेले बताउनु भयो ।

Facebook Comments

Advertisement
Top