logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

देशका सबै भूभागमा इन्टरनेट सेवा प्रवाह गर्ने नविनयुक्त संचार मन्त्रीकाे भनाइ

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार

काठमाडाैं । बिहीबार नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री  पार्वत गुरुङज्यूले मन्त्रालयमा पद बहाली गर्नुभयो । पद बहालीको अवसरमा मन्त्रालय एवम् सम्वद्ध निकायका प्रमुखहरुको उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालबाट मन्त्रीज्यूकाे स्वागत गर्दै मन्त्रालयले कुशल र शीतल नेतृत्व प्राप्त गरेकोले सूचना प्रविधिको क्षेत्रमा आमूल परिवर्तन गरी “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय उद्देश्य र लक्ष्य साकार पार्नमा माननीय मन्त्रीज्यूको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो ।अहिले कोभिड-१९ का कारण पठनपाठन र शैक्षिक क्रियाकलाप अवरुद्ध भईरहेको सन्दर्भमा मन्त्रालयले अग्रणी भूमिका निभाउनु पर्ने जिम्मेवारी प्राप्त भएकोले नेपालका सवै भूभागमा इन्टरनेट सेवा प्रवाहका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिइने बताउनु भयो । यसै गरी डिजिटल नेपाल अभियान साकार पार्न मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्दै मन्त्रीज्यूले पद बहालीको क्रममा स्वीकृत गर्नुभएको दूरसञ्चावर नीति, ब्रोडव्याण्ड नीति, सूचना प्रविधि नीति तथा साइवर सुरक्षा नीति निर्माण गर्न गठित निर्देशक समितिवाट प्राप्त हुने प्रतिवेदनले समेटेका विषय तथा कोभिड -१९ ले ल्याएका चुनौति समेतलाई सम्वोधन गर्न सरोकारवाला निकायहरुको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै मा. मन्त्रीज्यूलाई मन्त्रालय र सम्वद्ध निकायको तर्फवाट बधाइ दिंदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो।
नवनियुक्त मन्त्रीज्यूले पदभार ग्रहण एवम् स्वागत समारोहलाई सम्वोधन गर्दै मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सवैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने विचार व्यक्त गर्नुभयो । मन्त्रालय सम्वद्ध १८ वटा निकायहरुलाई तोकिएको जिम्मेवारीलाई असल परम्परा, संस्कार र अभ्यासका आधारमा बहन गर्नुपर्ने कुरामा जोड दिनुभयो । सूचना प्रवाह सहि भएन भने समाजमा द्वन्द्व, अनुशासनहीनता र अराजकता बढ्ने हुँदा कोभिड-१९ को यस संकटको घडिमा सहि सूचना सम्प्रेषण गरिदिनुहुन सवै सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभयो । साथै सञ्चारका क्षेत्रबाट खेलिने सकारात्मक भूमिका र गुणस्तरीय सेवावाट “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्यलाई साकार पार्न सम्भव हुने भएकाले सम्वद्ध सवैमा सहयोग र साथका लागि आव्हान समेत गर्नुभयो ।

Facebook Comments

Advertisement
Top