logo
Advertisement
  • जलस्राेत सम्बन्धी नेपालकाे पहिलो डिजिटल प्लेटफर्म
  • ( Wednesday, October 28, 2020 )

बहुमूल्य धातु बरामद

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार

पर्सा वीरगंज महानगरपालिका-५ रेशमकोटीस्थित श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्लैटबाट लुकाई राखेको करिब २२ केजी ५ सय ७६ ग्राम सुन जस्तो देखिने बिस्कुट, करिब ६ सय ८१ ग्राम सुनको जस्तो देखिने विभिन्न गरगहनाहरु र करिब २ केजी २ सय ६२ ग्राम चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको उक्त फ्लैटमा तलासी गर्दा उक्त धातु फेला पारी बरामद गरेको हो ।

Facebook Comments

Advertisement
Top