गैंडाको खाग काराेबार गर्ने पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा सुनसरी ईनरुवा नगरपालिका-७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैंडाको खाग सहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

Facebook Comments