भरुवा बन्दुक घरमा राख्ने गुरुङ पक्राउ

एकनाले भरुवा बन्दुक १ थान सहित स्याङ्जा जिल्ला विरुवा गाउँपालिका-२ बेसारेडाँडा बस्ने ५० वर्षीय तुल बहादुर गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले गुरुङको कोठा तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments