तीन मुक्तक

तीन मुक्तक

।१।
काउली हैन यहाँ काउलीको पात बेचिन्छ
कामधाम हैन यहाँ बेकारको बात बेचिन्छ
यो कागजी नोटको पनि कत्ती बिगबिगी
त्यही कागजमा मान्छेको दिन र रात बेचिन्छ।
।२।
पानीदेखि डराउनेले बुझ नाउँ चलाउँदैन
तिघ्रा कमाउनेले हेर खोला तराउँदैन
खुट्टी हेर्दैमा चाल पाईन्छ मान्छेको ह्याउ
सुरुवाल भिजाउनेले बुझ देश बनाउँदैन।
।३।
यो देशमा घोषणा पत्र चाचाँडो बनाइन्छ
चुनाबलाई सधै मागि खाने भाँडो बनाइन्छ
जनता भन्ने जातै यस्तो सबै कुरा पत्याउने
बोलेरै सगरमाथा रेल कुद्ने डाँडाे बनाइन्छ !
Facebook Comments