शाक्य कामु कार्यकारी निर्देशक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणकको हिजो बसेको संचालक समितिले डिएमडी हितेन्द्रदेव शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । एमडीको पूर्ण अघिकारसमेत दिएर ६ महिनाको लागि कामु दिएको हो । यस अघि समितिको सोही अधिकार प्रयोग गरी महेन्द्रलाल श्रेष्ठलाई कामु एमडी बनाएको थियो । यो सँगै प्रकृयाद्वारा सूचना जारी गरी खुल्ला प्रतिस्पर्धाको माध्यमद्वारा एमडी नियुक्त गर्ने प्रकृया  ६ महिनाका लागि अवरुद्ध बनेको छ । शाक्यको जागिर अवधी करिब २ वर्ष बाँकी रहेको छ भने ६ महिना फर्मरमेन्स हेरेर पुन अर्को ६ महिना कामु वा पूर्ण एमडी बनाउने रणनीति अनुरुप कामु दिइएको सुत्रको दावी छ ।
गत भाद्रमा २९ मा तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको समयावधी समाप्त भएपछि प्राधिकरणमा कार्यरत सिनियर डिएमडी मध्येबाट निमित्त कार्यकारीको जिम्मेवारी दिनुपर्ने प्रावधान अनुसार सो समयमा लेखनाथ कोइरालाईलाई निमित्त कार्यकारी निर्देशक बनाइएको थियो ।
सियियरका हिसाबले शाक्य हुनुपर्ने भएपनि उहाँ एनइए इन्जिनियरिङ कम्पनीको सिइयोको रुपमा कार्यरत भएका कारण कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो । शाक्य एनइएबाट काजफिर्ता भएर कार्तिक २४ मा नेविप्रा आएपछि उहाँलाई संचालक समितिको बैठकले निमित्त कार्यकारी निर्देशकको जिम्मेबारी दिएको थियो । त्यसैको निरन्तरता दिदै संचालक समितिले उहाँलाई कामु कार्यकारी निर्देशकको जिम्मेबारी दिएको प्राधिकरण स्रोतको भनाइ छ ।


Facebook Comments