नेपाल विद्युत प्राधिकरणले २२ गते बिहानका राती २ बजे सय जना कर्मचारीको सरुवामा एमडीले हस्ताक्षर गरे भने ३ बजे राती नै वेभसाइडमा राखिएको छ । कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई थपनाको रुपमा राखेर ऊर्जा मन्त्री वर्षमान पुनले उनको काधमा राइफल राखेर पड्काउन थालेको रुपमा यो घटनालाई लिइएको छ ।
मंसिर २१ गते दिउँसो डिसियसका डिएमडी हरराज न्यौपानेलाई मन्त्री पुनले मन्त्रालयमा बोलाइ सरुवाको लिस्ट तयार गर्न लगाएका थिए । सोही अनुसार गर्न गराउन न्यौपानेले २२ गते बिहानका राती २ बजेसम्म प्राधिकरणमै खटेको र २ बजे एमडीलाई हस्ताक्षर गराएर वेभसाइडमा अपलोड गर्दा ३ बजेको सुत्रको दाबी छ । वेभसाइडमा प्रकाशित सूचनामा भने महाशाखा प्रमुख चुडामणी आचार्य र प्रशासनका शाखा प्रमुख बासु कलौनीको हस्ताक्षरमा २१ गतेको मिति राखिएको छ । मन्त्रीसँगको इशारामा डिएमडी न्यौपानेद्वारा तय गरिएको सरुवाको फाइल भने एमडीलाई सदर गराइएको हो ।
प्राधिकरण सरुवाको मापदण्ड विपरित मन्त्रीले हस्तक्षेप गरी डिएमडी न्यौपानेमार्फत प्रति सरुवा सरदर तीन लाखका दरले कम्तीमा ३०० लाख मन्त्रीको पोल्टामा पारेको कुरा प्राधिकरणमा झिनो स्वरमा तर प्रष्टसँग चर्चा चलिरहेको छ । प्राधिकरणमा प्रत्येक वर्षको भाद्र र माघ महिनामा सरुवा गर्ने मापदण्ड छ । भाद्रमा तत्कालिन एमडी घिसिङले त्यसमा ध्यान दिन भ्याएनन् । त्यसपछि निमित्त एमडी बनेका लेखनाथ कोइरालाले सरुवामा छोएनन् । अब एक महिना पर्खिएर ‘सहि मान्छे, सहि स्थानमा’ र यसको आधारमा मापदण्ड पुर्याएरै सरुवा गरे हुनेमा मन्त्रीको हस्तक्षेपका अगाडि कसैको केही चलेन प्राधिकरण सुत्र यसै भन्छ । कर्मचारी सरुवा विनियमावलीले विशेष कारण बाहेक कार्यालय प्रमुखको २ वर्ष नपुगेसम्म सरुवा गर्ने अनुमति दिदैन । तर, एक ठाउँमा तीन चार वर्ष बसेर झ्याप झुप बनाएका कार्यालय प्रमुखहरु आफैले इच्छाएको अर्को ठाउँमा एक वर्ष नपुगेकालाई हटाउदै जान भ्याएका छन् । ऊर्जा मन्त्रीले डिएमडी न्यौपाने मार्फत डिल गरेर यो सरुवा गरिएको सुत्रको दाबी छ । सामान्यतया सरुवाको काम ८÷९ बजेसम्म बसेर गरिनेमा यो भने बिहानका राती ३ बजे बसेर फत्ते गराएकोले देख्ने सुन्नेहरु पनि ट्वा परेका छन् ।