औँला

नहेप थाहा पाएर
कस्लाई थाहा छैन र
चाेर औँला लामाे भएर पनि
अधिकार बिहीन हुन्छ
त्यही औँला उचालेर देखाईन्छ
खुब विराेधीतिर सजिलो मान्दै घाेचिन्छ
सक्छौ त्याे छाेटाे
बुढी औँला उठाएर देखाऊ ?
ऊ त छाेटाे भएर के भाे र
हाेचाे भाे भनेर के बिग्रिर्याे र
मुठ्ठीभित्र अनुशासित बस्छ
कसैलाई नदुखाई निर्णयमा पुग्छ
तसर्थ नहेप बुढी औँलालाई
सिंहासन चढ्नु पूर्व
या विदा हुनु पूर्व
उसैको पहिलाे हक हुन्छ
हरेक मुद्दा मामिलामा गलत सही छुट्याउन
उसैकाे ल्याप्चे चाहिन्छ
सानोकाे संसार त्यसरी मजबुत हुन्छ
सत्य त्यसरी उभिएको हुन्छ ।
Facebook Comments