बजेटबारे खेलकुद महासंघले राख्याे आफ्नाे धारणा

नेपाल खेलकुद महासंघ नेपालले आज एक विज्ञप्ती जारी गर्दै सरकारले आर्थिक वर्ष २०७८/०८९ का लागि प्रस्तुत गरेको वजेटको स्वागत गरेको छ । महासंघले जारी गरेको २४ बूँदे विज्ञप्तीमा यस्तो उल्लेख गरिएको हो । उसले विज्ञप्तीमा भनेको छ–‘नेपालको बजेटको ईतिहासमै खेलकुद क्षेत्रमा पहिलो पटक यर्थाथपरक, अग्रगामी तथा गतिशील नीति कार्यक्रम र बजेट वक्तव्य नेपाल सरकारले प्रस्तुत गरेको छ । समग्रमा खेलक्षेत्र र नेपालीको भावना समेट्ने बजेट प्रस्तुत भएको र बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले समग्र खेल जगतलाई उत्साहित बनाएको जनाएको छ ।
नेपाल खेलकुद महासंघको माग बमोजिम नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणाले नेपाली खेलकुद तथा पर्यटन क्षेत्रलाई निकै उत्साहित बनाएको छ र यस क्षेत्रका लागि यो एक ऐतिहासिक भएको महासंघको भनाइ रहेको छ । त्यसैगरी, खेलकुद विश्वविद्यालय स्थापनागर्ने कुराले लामो समय देखिको माग सम्बोधन गर्ने प्रयत्न भएको छ ।’
यसले मूलत यी कुरालाई सकारात्कम रुपमा लिएको जनाएको छ ।
१ नेपाललाई खेल पर्यटनको विश्वव्यापी गन्तव्यको घोषणा र खेलकुद विश्वविद्यालय स्थापना गर्ने कुरा उत्साहको विषय बनेको छ ।
२ नेपालभरका १३ हजार विद्यालयमा विस्तार गरिने स्काउटबाट नै आधारभूत तहसम्म खेलकुद पुर्याउन मद्दत पुग्ने देखिन्छ ।
३ मदन भण्डारी रंगशाला दमक झापा, मोरङको वैजनाथपुर, काठमाडौंको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको कोहलपुर र कञ्चनपुरको महेन्द«नगरमा भएका क्रिकेट मैदानले नेपालमा दिनानु दिन लोकप्रिय भईरहेको क्रिकेट खेललाई समूदाय स्तरमै पुर्याउन मद्धत पुग्नेछ ।
४ पूर्व खेलाडीहरुलाई व्यवसाय कर्जा सहुलियत दरमा दिने कुराले सक्रिय खेल जीवन पछाडिको जीवनको सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ । जसले खेलाडीको मनोविज्ञानमा समेत थप उत्साह प्रदान गरेको छ ।
५ धनगढी, सुर्खेत, नेपालगंज, विरगंज, जनकपुरधाम र ईटहरीमा प्रादेशीक रंगशाला निर्माणले संघीयताको कार्यान्वयन सँगै नियमित प्रतियोगिता समेत हुने वातावरण तयार सिर्जना हुनेछ ।
६ .१ सय ६८ स्थानीयतहमा खेलग्राम निर्माण गर्ने कुराले समानुपातिक विकासको नमुना र स्थानीय यूवाहरुलाई खेल प्रति आकर्षित गर्दै खेलाडीहरुको प्रतिभा प्रस्फुटनका लागि सुनौलो अवसर सिर्जना हुनुका साथै खेल अधिकारको समेत सुनिश्चितता भएको छ ।
७ हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टर निर्माणमा सरकारको अग्रसरताले खेल पर्यटनको प्रवद्र्धन गर्नुका साथै उत्कृष्ट खेलाडी उत्पादनमा कोशेढुंगा सावित हुनेछ ।
८ नवौं राष्ट्रिय खेलकुद आयोजनाको ग्यारेण्टी सहितको बजेट विनियोजन र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीतालाई वृद्धि गर्दै जाने नीतिले नेपाली खेलकुदले सहि ट्रयाक समात्ने वातावरण निर्माण हुने देखिन्छ ।
९ प्रस्तुतबजेटले दिगो विकास र समृद्धिको आधार खेलक्षेत्र पनिहो भन्ने मान्यतालाई समेत आत्मसात गरेको छ ।
१० काठमाडौं उपत्यका वरपर र पोखराको फेवाताल वरिपरि साईक्लिङ ट्रेल निर्माण गर्ने तथा रारा र खप्तड क्षेत्र केन्द्रीत बजेट विनियोजनले, शाहसीक,पर्यटकीय तथावातावरण मैत्री खेलकुद विकासका लागि विशेष सहयोगी बन्ने देखिन्छ ।
११ ईलामको माईपोखरी, सुनसरीको वर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवतीताल, रुकुमको स्र्याफु तालतथा कैलालीको वेहडोबाबाताल केन्द्रित बजेटविनियोजनले नेपालमा धाटर स्पोर्टस्को विकास सँगै शाहसिक पर्यटन प्रवद्र्धनमासमेत सघाउ पुग्ने देखिन्छ ।
१२ माउन्टेनियरिङ, वञ्जीजम्पिङ, रकक्लाईबिङ्ग, र्‌याफ्टिङ, प्याराग्लाईडिङ, कायाकिङ लगायतका क्षेत्रको प्रवद्र्धनगर्ने कुराले दिगो खेल र पर्यटनको पक्षपोषण गरेको छ ।
१३ शाहसीक पर्यटनका लागि राष्ट्रिय/अन्तर्राष्ट्रियलगानीकर्ता आकर्षण गर्ने नीतिले लगानी र उद्दमशिलतामा वृद्धिभई आर्थिक सामाजिक रुपान्तरणमा समेत टेवापुग्ने देखिन्छ ।
१४ अल्पाईनेजम र माउण्टेन क्षेत्रमा खेल पर्यटनको लागि बजेट विनियोजनले नेपाललाई विश्व समुदायमा शाहसिक र पर्यटकीय खेलको हव(गन्तव्य) बनाउने कुरा खेलकुद महासंघको लक्ष्य केन्द्रित छ ।
१५ मेड ईन नेपाल र मेक इन नेपालले औद्योगिकक्षेत्र सहित खेलकुद, वन, वातावरण, पर्यटन लगायतका क्षेत्रमा समेत स्वदेशी ब्रान्डको प्रवद्र्धन गर्ने कुरामा कोशेढुंगा सावित हुने देखिन्छ ।
१६ शिक्षित युवालाई प्रमाणपत्रको आधारमा ऋण दिने कार्यक्रमले लाखौं नेपाली युवालाई उद्यमशीलता र आत्मनिर्भरताका लागि प्रोत्साहन मिलेको छ ।
माध्यमिकतहका विद्याार्थीहरुलाई स्काउट, खेलकुद, जुनियर रेडक्रस र संगीतलगायतमा सक्रृय बनाउने कार्यक्रमले युवा तथा विद्यार्थीहरुलाई सहीमार्गमा हिंड्न प्रेरित गर्नेछ ।
आगामी वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने कार्यक्रम नेपाली युवाको उद्यमशिलता र व्यवसायीकरणका लागि आधार स्तम्भ बन्न सक्ने देखिन्छ ।
ज्ञढ। नेपाली नियोगलाई नेपालमा लगानी वृद्धि तथा पर्यटनको लागी समेत परिचालन गर्ने नीतिले विश्वव्यापी रुपमा नेपाली खेलकुद तथा पर्यटन क्षेत्रको प्रर्वद्धन हुनुका साथै राष्ट्रको दिगो विकास लक्ष्यमा समेत टेवा पुग्नेछ ।
विद्यार्थीका लागि ल्यापटप खरिद गर्न ऋण प्रदान गर्ने कुराले स्वभाविक रुपमा लक्षित समुदायलाई उत्साहित बनाउने हुँदा उनीहरुको सिर्जनात्मक क्षमतामा समेत अभिवृद्धि गर्दै थप उत्पादनशील बनाउन मद्यत पुग्ने देखिन्छ ।
कोभिड–१९ विरुद्धको खोपकालागि बजेट व्यवस्थापन गरिनुका साथै विभिन्न स्वास्थ्य संस्थाको स्थापना तथा स्तरोन्नतीगर्ने कुराले समेत जनस्वास्थ्यप्रति सरकार संवेदनशील छ भन्ने कुरा प्रमाणित गरेको छ ।
राष्ट्रसेवक कर्मचारी, स्वास्थ्य स्वयंसेविका, बालशिक्षा सहयोगीहरु, सामुदायिक विद्यालयमा कामगर्ने सहयोगी कर्मचारीहरु लगायतको तलब बृद्धि, प्रोत्साहन भत्ता, पर्यटन बिदा, सामुहिक वीमा लगायतका थप सेवा सुविधा र अवसरको ग्यारेन्टी गरिनुले पनि सार्वजनिक सेवाप्रवाहमा सकारात्मक नतिजा आउने देखिन्छ ।
बृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ताको समायानुकुल बृद्धिले समेत यो बजेटलाई थप प्रगतिशील र जनमुखी बनाएको छ ।
द्दद्ध। समग्रमा राष्ट्रको तिव्रतर विकास र दिगो विकासमा यो बजेटले जोड दिएको छ ।

नेपालको बजेटको ईतिहासमै वैज्ञानिक तथा गर्व गर्न लायक बजेट प्रस्तुत भएको छ । तथापी यस नेपाल खेलकुदमहा संघले मागपत्र पेश गर्दैगर्दा उठाएका माग र मुद्दाहरुलाई यस बजेटले शतप्रतिशत नसमेटेको भएता पनि नीतिगत रुपमा धेरै हदसम्म सम्बोधन गरेको जनाएको छ । यो बजेट कार्यान्वयनका लागि नीति तथा कार्यक्रम अनुसार खेलकुद क्षेत्रका लागि विनियोजित बजेट रकम भने अपर्याप्तहुने देखिएकोले आवश्यकता अनुसार वृद्धि गर्न नेपाल खेलकुद महासंघ नेपालले सरकारसँग माग गरेको आज जारी विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments