मुक्तक सङ्ग्रह ‘अमानव’ लोकार्पित

साहित्यकार अमर त्यागीको नयाँ मुक्तक सङ्ग्रह ‘अमानव’ को आज लोकार्पण भएको छ । शब्दयात्रा प्रकाशनद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले कृतिको विमोचन गर्दै मुक्तक विधामा त्यागीको योगदानको प्रशंसा गर्नुभयो । समालोचक डा मधुसूदन गिरीले त्यागीका मुक्तकमा नेपाली माटो र नेपालीत्वप्रतिको प्रेम प्रकट भएको बताउनुभयो ।

साहित्यकार चेतनाथ धमलाले मुक्तककार त्यागीका मुक्तकहरू मानवीय संवेदनायुक्त हुने जनाउनुभयो । कार्यक्रममा साहित्यकार त्यागी र जुनू क्षेत्रीलाई सम्मान पनि गरिएको थियो ।

Facebook Comments